२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खल्तीले ल्यायो ‘वान प्लस १० प्रो’ जित्ने अफर

खल्तीले ल्यायो ‘वान प्लस १० प्रो’ जित्ने अफर

2.3K
Shares

काठमाडौं – खल्ती डिजिटल वालेटले मात्र ५० रुपैयाँमा १ लाख ३५ हजार बराबर को ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ । यसका सथै रिचार्ज गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।

प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर “खल्ती मा वान प्लस १० प्रो” बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ । त्यो रकम राखिएको नम्बरमा रिचार्ज हुनेछ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् । अन्तिममा एक जना भाग्यशाली बिजेताले प्राप्त गर्न सक्नुहुनेछ वान प्लस १० प्रो साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नु हुनेछ ।

अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् । यो अफर ८ बैशाख देखि सुरु हुदैँ जेष्ठ २१, २०७९ सम्म लागु हुनेछ। खल्ती मा वान प्लस १० प्रो” को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसअघि, हामीले रु. ५० रिचार्जमा आइफोन १३ जित्ने अफर पनि गर्ने अफर ल्याएका थियौं र प्रयोगकर्ताहरू माझ हाम्रो धेरै लोकप्रिय बन्न पुगेको थियो। त्यसैले, डिजिटल भुक्तानीप्रति प्रयोगकर्ताहरूको उत्साह बढाउन हामी फेरि ‘खल्तीमा वनप्लस १० प्रो’ अफर लिएर आएका छौं ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij