२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश

गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश

2.3K
Shares

काठमाडौं नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएका छन् । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाई गर्दै यस्तो आदेश आएको हो । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस विषयमा १३ वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।

उक्त निलम्बन गैरकानुनी भएको भन्दै गभर्नर अधिकारीले सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइमा सर्वोच्चले सरकारले निलम्बन गरेको गभर्नर अधिकारीलाई कुनै पनि कारबाही नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij