२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरको मेयरमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौला उम्मेदवार

टोखा नगरको मेयरमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौला उम्मेदवार

2.7K
Shares

काठमाडौं – विवेकशील साझा पार्टीले काठमाडौं– टोखा नगरपालिकाको मेयर पदमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।
२०२३ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिई २०४२ सालदेखि टोखा नगरपालिका वडा नं. ११ मा स्थायी बसोबास गर्दै आएका सिटौला कृषि पेशासँग आवद्ध छन् । एम.ए., एल.एल.बी. अध्ययन गरेका सिटौलाले नेपाल वायु सेवा निगममा ३३ वर्ष प्रशासनिक कार्य गरी उपसचिव स्तरबाट दुई वर्ष अघि राजीनामा दिएका थिए ।
सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको विवेकशील साझा पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij