२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्चमा दर्ता

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्चमा दर्ता

2.4K
Shares
Photo: Balkrishna Thapa/ THT

काठमाडौं– राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबारलाई तोकिएको छ ।
सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् ।
गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै हिजो सर्वोच्च अदालत गएका थिए । उनको रिट निवेदनमा अध्ययन गरेपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।
। सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij