२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले ३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

राष्ट्र बैंकले ३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

1.8K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले ३३ करोड रुपैयाँ विभिन्न वित्तीय संस्थामा राख्ने भएको छ । एक वर्षे मुद्दती खातामा राख्नका लागि आज राष्ट्र बैंकले सूचना जारी गरेको छ ।  वाणिज्य बैंकमा २६ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ४ करोड ९५ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा एक करोड ६५ लाख रुपैयाँ मुद्दती खातामा राख्ने भएको छ ।

उक्त रकम मुद्दती खातामा राख्नका लागि वित्तीय संस्थाहरुले आफ्ना विभिन्न प्रक्रिया र सर्तहरु पालना गर्न पर्ने छ । यसका लागि वित्तीय संस्थाहरुले यहि बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

राष्ट्र बैंकको सुचना हेर्नुस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij