काठमाडौं– इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौँ फिर्ता भएको छ । एनएएमपी जहाज आज बिहान ११:५ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि उडेको थियो। जहाज उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएको थियो। ए.एम.पी कल साइन भएको जहाजको देब्रे भागको इन्जिनमा समस्या भएपछि इन्जिन ‘सटडाउन’ गरेर काठमाडौँ फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
जहाजमा १८ जना थिए। तीमध्ये तीन जना चालक दलका सदस्य हुन्। १५ यात्रुमध्ये १० जना विदेशी थिए भने पाँच जना नेपाली यात्रु थिए। सिङ्गल इन्जिनमार्फत जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij