२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजदूतमा सिफारिस भएका २० जनाहरुविरुद्ध उजुरी आह्वान

राजदूतमा सिफारिस भएका २० जनाहरुविरुद्ध उजुरी आह्वान

2.6K
Shares

काठमाडौं – संघीय संसदको संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । सुनुवाइ समितिले शनिबार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सवुत प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ ।

सूचना दिनेले नाम गोप्य राख्न पनि पाउने समितिले जनाएको छ । यो सूचना जिल्ला प्रशासन कर्यालय लगायत सम्भव भएसम्म अरु सरकारी कार्यालय र सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था गर्न पनि समितिले प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।
२४ चैतको मन्त्रिपरिषद बैठकले चीनका लागि विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर, मलेसियामा ठिल्लीराज पौडेल, इजरायलमा कान्ता रिजाल र साउदी अरेबियामा नवराज सुवेदीलाई राजदूत सिफारिस गरेको थियो ।

त्यस्तै अष्ट्रेलियामा कैलाशराज पोखरेल, कतारमा डा. नरेन्द्रबिक्रम ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल भण्डारी, डेनमार्कमा प्रा. डा. रामस्वार्थ राय, जापानमा दुर्गाबहादुर सुवेदी, ब्राजिलमा निर्मलराज काफ्ले, इजिप्टमा सुशीलकुमार लम्साल राजदूत सिफारिस भएका छन् । राजदूत सिफारिस हुने अन्यमा संयुक्त राष्ट्रसंघको कार्यालय भियानामा भरतकुमार रेग्मी बहराइनमा तीर्थराज वाग्ले, बंगलादेशमा घनश्याम भण्डारी, म्यानमारमा हरिशचन्द्र घिमिरे र ओमानमा डोरनाथ अर्याल रहेका छन् ।

संसदीय सुनुवाइपछि नाम अनुमोदन भएमा उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij