२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशबाट आइएमई मार्फत पैसा पठाउँदा दुई लाख जित्ने

विदेशबाट आइएमई मार्फत पैसा पठाउँदा दुई लाख जित्ने

970
Shares

काठमाडौं – नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक योजना सार्वजनिक गरेको छ । यो योजना बैशाख १ गतेदेखि बैशाख ३१ गतेसम्म कायम रहनेछ ।

यस एक महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेछन् ।

यो योजना अवधीभरी जम्मा ६० जना विजेताहरुले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ प्रदान गरिने आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्य कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिनेछ ।

यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij