२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कनेक्ट आईपीएसमा बैंक खाता लिंक गराउँदा पैसासँगै माउन्टेन फ्लाइटको अफर

कनेक्ट आईपीएसमा बैंक खाता लिंक गराउँदा पैसासँगै माउन्टेन फ्लाइटको अफर

2.1K
Shares

काठमाडौं – कनेक्ट आईपीएसले ‘न्यू इयर न्यू यूजर अफर’ ल्याएको छ । आईपीएसले बैशाख १ गतेबाट ३१ गतेसम्म लागू हुने गरी उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी कम्तिमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा एक सय रुपैयाँ पाउन सक्नेछन् । त्यसैगरी ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसको वेवसाइटमा वा यसको मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिन्क गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराउन सक्दछन् । पहिलेनै युजर बनाएर पहिलो खाता लिङ्क र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत एक सय रुपैयाँ भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन् । अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij