२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेन्चुरी कमर्सियल बैंकमा शताब्दी बचत खाता खोल्दा चार किसिमका नि:शुल्क बीमा सुविधा

सेन्चुरी कमर्सियल बैंकमा शताब्दी बचत खाता खोल्दा चार किसिमका नि:शुल्क बीमा सुविधा

2.8K
Shares

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा ग्राहकहरूले वार्षिक ८.०३ प्रतिशत ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा एक लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

शताब्दी बचतखाता खोल्दा ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरूलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरूमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ ।

सेञ्चुरी बैंकले हाल १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij