२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदै दैनिक ५ हजार जित्ने मौका

इसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदै दैनिक ५ हजार जित्ने मौका

2.7K
Shares

काठमाडाैं – इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ । यो योजना बैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ । रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजारको उपहार प्राप्त गर्नेछन् । यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ ।

जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् । यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सकिने इसेवले जानकारी दिएकाे छ ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटि मार्फत समेत सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij