२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई दिनमा एक करोडको सामान बरामद

दुई दिनमा एक करोडको सामान बरामद

2.7K
Shares

झापा – भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त सामग्री बरामद भएको उनले बताए ।
फेला परेका दुवै गाडी र सामानको रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै प्रहरीले मङ्गलबार राति अवैध सुपारीसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ । बुधबारेबाट काँकडभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको मे१च ४९८० नंको पिकअप भेनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा २९ बोरा सुपारी बरामद भएको थियो । भ्याट बिल नभएको रु पाँच लाख ७० हजार बराबरको सुपारी, पिकअप गाडीको रु १० लाख मूल्याङ्कन गरी आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।

प्रहरी मङ्गलबार नै रु २० लाख बराबरको अवैध बिस्कुट र भारतीय कन्टेनरको रु २५ लाख मूल्याङ्कन गरेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij