२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दोहोरो अंकले घट्यो

नेप्सेमा दोहोरो अंकले घट्यो

2.9K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९ दशमलव ७१ अंकमा घटेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३८ अंकले झरेको छ । कारोबार रकम भने २ अर्ब नाघ्यो । दिनभर भएका ४० हजार ५०७ कारोबारबाट २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता खरिदबिक्री भए ।
जसबाट कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij