२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घान्द्रुकमा ज्योति विकास बैंकद्धारा पहिलो एटिएम सञ्चालन

घान्द्रुकमा ज्योति विकास बैंकद्धारा पहिलो एटिएम सञ्चालन

3.5K
Shares

काठमाडौं – ज्योति विकास बैंकले चैत्र २७ गतेदेखि चर्चित पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटिएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटिएम सञ्चालनमा ल्याइएको हो ।

आइतबार आयोजित एक कार्यक्रममाअन्नपुर्ण गाउँपालिका वडा १० का वडा अध्यक्ष कुमार गुरूङले एटिएम बुथको उद्घाटन गरेका हन् । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कुमार गुरूङले सो एटिएम सेवा मार्फत स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे ।

साथै बैंकले हालसालै बैंकिङ्ग पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij