२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एशिया बैंकका सिइओ न्यौपाने ‘म्यानेजर अफ द इयर २०२२’बाट सम्मानित

एनआइसी एशिया बैंकका सिइओ न्यौपाने ‘म्यानेजर अफ द इयर २०२२’बाट सम्मानित

2.3K
Shares

काठमाडौं– नेपाल व्यवस्थापन संघ (म्यान) ले एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर अफ द इयर २०२२’ बाट सम्मान गरेको छ।

शनिबार काठमाडौंमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण एनआइसी बैंकसँग जोडिएका सदस्यहरूलाई समर्पण गरेका थिए ।

सिइओ रोशन कुमार न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ। त्यस्तै, निक्षेप संकलन तर्फ पनि रू। ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ। साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रू. ४१.४३ पुगेको छ।
न्यौपाने यसभन्दा अघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सिइओ अफ द इयर २०७८’ र ग्लोबल बिजनेस आउटलुक लन्डन बाट ‘बैंकिङ सिइओ अफ द इयर नेपाल २०२१’ बाट समेत सम्मानित भएको थिए।
एनआइसी बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij