काठमाडौं – सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।
विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij