२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं महानगरद्धारा विभिन्न अस्पताललाई १५ वटा शववाहन सहयोग

काठमाडौं महानगरद्धारा विभिन्न अस्पताललाई १५ वटा शववाहन सहयोग

1.9K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाले १ करोड ८० लाख रुपैयाँको ह्विल स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई हस्तान्तरण गरेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार शववहानको साँचो हस्तान्तरण गरेका हुन्। महानगरले क्षत्रपार्टी निः शुल्क चिकित्सालय, नेपाल एपिएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववहान हस्तान्तरण गरेको हो।

यी प्रत्येक शववहानको मूल्य करिब १२ लाख ४ हजार परेको महानगरले जनाएको छ। सम्झौता अनुसार ती शववहानले उपत्यका भित्र निशुल्क सेवा प्रवाह गर्नुपर्ने छ। काठमाडौं महानगरपालिकाले १५ शववहान मध्ये नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई-दुई ओटा हस्तान्तरण गरेको हो।

प्रमुख शाक्यले हस्तान्तरण गरेको शववहानको साँचो ग्रहण गर्दै एपिएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शववहानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे। प्रमुख शाक्यले यस अघि पनि सामुदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आइरहेको बताए।

‘महानगरले आफै शववहान सञ्चालन गर्नुपर्छ भन्नेहरू पनि छन् तर काठमाडौं महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववहान हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौं। अब तपाईंहरूले महानगर र उपत्यकावासीको अपेक्षा गरे अनुसार यी शववहानको प्रयोग गर्नुहोला।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij