२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

1.9K
Shares

काठमाडौं– शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।
म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो ।
टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ । दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ । टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ । त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो ।

टाइफाइडका लक्षणहरु

पेट तथा टाउको दुख्नु

बढी जाडो हुनुपसिना आउनु

ज्वरो आउनुवान्ता हुनु

पसिना आउनुचिसो महसुस हुनु

पखालाका साथै सुख्खा खोकी लाग्नु

टाइफाइड हुने कारणहरु

फोहोर पानी पिउनु तथा नुहाउनु

दूषित पानी खानु तथा त्यस्तो पानीले खाना पकाउनु

दूषित पानीले खानेकुरा धुनु

टाइफाइड भएका व्यक्तिसँग संगत गर्नु

टाइफाइडबाट हुने जटिलता

सानो आन्द्रामा घाउ हुनुप्वाल पर्नु

रगत बग्नु

टाइफाइडको संक्रमण फैलिन गई शरीरका अन्य अंगमा संक्रमण हुनु

टाइफाइडबाट बच्ने उपाय

सफा पानी पिउनु अर्थात् उमालेर मात्रै प्रयोग गर्ने

खानाखानु अघि राम्ररी हात धुने

सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने

राम्ररी पकाएको र छोपेर राखेको खानेकुरा मात्रै खाने

बासीसडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने

बेलाबेला साबुन पानीले राम्ररी हातधुने

पौष्टिक र सन्तुलित आहार मात्रै लिने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij