२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकका ग्राहकहरु दराजमा नयाँ वर्षमा छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरु दराजमा नयाँ वर्षमा छुट पाउने

2.2K
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लि. सँग एक कार्यक्रम बीच सम्झौता गरेको छ । बैंकले दराजसँग नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स श्री राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग श्री बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रा.लि. को तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु. १,००० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नको लागि ग्राहकहरुले आजै बैंकको नजिकको शाखामा आवेदन दिन अनुरोध गरिन्छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij