२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा

एनएमबि बैंकको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा

2K
Shares

काठमाडौं – एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थीत हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ । शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव यस विस्तारित काउन्टरबाट नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरेका छन् ।

एनएमबि बैंकले यस लगायतहाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij