२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच लगानीसम्बन्धी सम्झौता

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच लगानीसम्बन्धी सम्झौता

2.3K
Shares

काठमाडौं – सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच मंगलबार महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ ।

उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij