२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिद्वारा ५ अध्यादेश जारी

राष्ट्रपतिद्वारा ५ अध्यादेश जारी

2.7K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ५ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार ५ वटा अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन्।

यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ पनि राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij