२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैशाख १ गते दुप्चेश्वरमा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने

बैशाख १ गते दुप्चेश्वरमा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने

3K
Shares

काठमाडौं – नेपाल रेस्लिङ संघ नुवाकोट शाखाको आयोजनामा यहि बैशाख १ गते दुप्चेश्वर गाउँपालिकामा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ ।
काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा पहिलोपटक नुवाकोट जिल्ला संघले महत्वाकांक्षी प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिइयो । करिब १२ लाख भन्दा बढी बजेटमा सञ्चालन हुने प्रतियोगितामा चर्चित ५ विधामा प्रतिष्पर्धा गराइनेछ ।
आयोजकका अनुसार हेभिवेट विधाको विजेताले नगद ८५ हजार, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल थ्रेट विजेताले ४५ हजार, ट्याग टिम विजेताले ६० हजार, लाइटवेट (महिला) विजेताले ४० हजार नगद पुरस्कार, बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्ट लगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने नेपाल रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता सञ्चालन गर्नेछन् ।
रेस्लिङ प्रतियोगिताको माध्यमबाट नुवाकोटका विभिन्न पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप दुप्चेश्वरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रेस्लिङ संघ नुवाकोटका अध्यक्ष प्रल्हाद थापाले बताए । उनले यसअघि शिवपुरी गाउँपालिकाको सुइरेचौरमा प्रतियोगिता गरेको स्मरण गर्दै वैशाख १ गते हुने प्रतियोगिताले धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव मन्दिरको थप प्रचारप्रसार हुने विश्वास व्यक्त गरे ।
दिउँसो सञ्चालन हुने रेस्लिङ प्रतियोगिताका साथमा लाइभ दोहोरी लगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij