२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा

चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा

2.4K
Shares

काठमाडौं– काठमडाौं उपत्यकाभित्रकै पहिलो बन्दरगाह ‘चोभार सुख्खा बन्दरगाह’ सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्ज नाका हुँदै भारतबाट लोड भएर आएका तीन वटा मालवाहक कन्टेनरको सिल खोल्दै बन्दरगाहको विधिवत रुपमा उद्घाटन गरेका हुन् । अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।
बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

योसँगै अब चोभार सुख्खा बन्दरगाहले औपचारिक रुपमै मालवस्तु आयात/निर्यातको भन्सारीकरणको अनुमति पाएको छ । कुल २२० रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाह २०७५ असारदेखि निर्माण थालनी भएर २०७८ असारमा सम्पन्न भएको हो । यस बन्दरगाह विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा बन्दरगाह निर्माण भएको हो ।

चोभार सुख्खा बन्दरगाहलाई मुख्य गरी तीन भागमा बाँडिएको छ । जसमा तीन मुख्य डिपार्ट तथा भवन निर्माण गरिएको छ । यसमा डिपार्ट भन्सार, डिपार्ट क्वारेन्टिन र अर्को प्रशासनिक भवनका लागि छुट्याइएको छ । बन्दरगाह हाताभित्र छिर्न फेरि तीनवटै मुख्य गेट निर्माण गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार एउटा मुख्य गेटबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिने छन् । तर बीचमा छुट्याइएको एक गेटबाट भने आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको समितिले जनाएको छ ।

त्यस्तै तीन वटा ठूला गोदाम बनेका छन् । जुन ५४/२४ मिटरका रहेका छन् । जसमा आयात निर्यातका मालसामान स्टोर गर्न सकिन्छ भने बन्दरगाहमा तीन वटा फरक फरक संरचना बनेका छन् । जसमा भन्सार आउने तथा बाहिरिने गाडी चेकजाँच, लोडिङ तथा अनलोडिङ हुन्छन् । त्यस्तै पार्किङ, वेटिङ लगायतका संरचना पनि बनाइएका छन् ।
यस बन्दरगाहमा एकैपटक ५ सय कन्टेनर तथा मालवाहक ट्रक अट्ने क्षमतामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij