२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब नेपाललाई अत्यावश्यक नपर्ने वस्तुको एलसी नखोलिने

अब नेपाललाई अत्यावश्यक नपर्ने वस्तुको एलसी नखोलिने

3.3K
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको आकस्मीक बैठक राखेर त्यस्ता वस्तुहरुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको हो । २७ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर गाडीलगायत विलासी वस्तुहरुको आयात रोक्न निर्देशन दिएको छ ।
पछिल्लो समय शोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र वैदेशिक मुद्रा संचितिमा उच्च दवाव परेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

यसअघि राष्ट्र बैंकले व्यापारघाटा नियन्त्रणका लागि भन्दै सवारीसाधन आयातमा दिईने नगद मार्जिनको सिमा ५० प्रतिशतले घटाईदिएको थियो । सोमबार २७ वाणिज्य बैंकका सीईओहरुसँगको बैठकमा राष्ट्र बैंकका तर्फबाट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij