२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

2.1K
Shares

काठमाडौं – काठमाडौंबाट प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका-५ बस्ने ४२ वर्षीय डाकमान गुरूङलाई बौद्धबाट आइतबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उक्त फैसलापछि गुरूङ फरार थिए। गुरूङले आफ्नो खातामा पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij