काठमाडौं– आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गतिविधि बढेको छ । यतिबेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सभा, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका छन् ।
काठमाडौंको टोखा नगरपालिकामा पनि विभिन्न पार्टीका नेताहरुले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै आएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उम्मेदवारका आकांक्षीहरुले आफ्नो उम्मेदवारी दावी गर्दै आएका छन् ।
नेकपा माओवादी केन्द्रका टोखा नगरपालिका वडा नं ४ को अध्यक्षमा युवा नेता रमेश श्रेष्ठ दावी गरेका छन । उनी माओवादी केन्द्र टोखा ४ का अध्यक्ष समेत हुन । नेता श्रेष्ठ लामो समयदेखि राजनीति संगै सामाजिक काममा सक्रिय हुदै आएका छन् ।
उनको दावीलाई अन्य नेताहरुको पनि समर्थन रहेको बुझिएको छ । गठबन्धनका उनी साझा उम्मेदावर हुने एक नेताले बताए । उनी पार्टीको बलियो दावेदार हुन ।

लायन्स क्लब इन्टरनेसनलको सदस्य हुँदै लायन्स क्लबको बिभिन्न पदमा रहेर सामाजिक तथा मानवीय सेवामा संलग्न रहदै आएका श्रेष्ठले आउँदो स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं ४ बाट वडा अध्यक्षमा उम्मेदवारी दिने बताए । सबै साथीहरुको सल्लाह अनुसार अघि बढेको उनले अर्थ नेपालले बताए । साथीहरुले अघि बढ्नुस भनेको हुँदा वडाको लागि विकास र समृद्धिका लागि मेरो उम्मेदवारी रहने बताए ।
पछिल्लो समय युवाहरुको उम्मेदवारी घोषणासगैं जनतामा उत्साह पलाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij