डोटी – डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।आइतबार साँझ ७ बजे पूर्वीचौकी गाउँपालिका-१ दौरीकोटमा साझघाटबाट गैरागाउँ जाने क्रममा से१ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पूर्वीचौकी-३ गैरागाउँका २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहरा रहेका छन् । घटनामा ७ जना घाइते भएको र उनीहरुको उद्वार गर्ने काम भइरहेको जिल्ला प्रहरीले कार्यालय डोटीका डिएसपी भोलाकुमार भट्टले जानकारी दिए।
अहिलेसम्म घाइते यकिन सात रहेको भए पनि अझै थप हुनसक्ने उनले बताए। जीप सडकबाट अन्दाजी ६ सय मिटर तल खोलामा खसेको भट्टले बताए।
जीप चालक फरार रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij