२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साइटेशन सम्मेलन २०२२ आयोजना हुँदै

साइटेशन सम्मेलन २०२२ आयोजना हुँदै

2K
Shares

काठमाडौं – टोस्टमास्टर्स नेपालको चौँथो वार्षिक डिभिजन सम्मेलन चैत्र २६ गते शनिबार ठमेलको अलफ्ट काठमाडौँमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायका करिब ४५० सदस्यहरु उपस्थित हुनेछन् ।

यो कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पीच प्रस्तुति रहेको छ जसमा विभिन्न ३ डिभिजनका प्रतिनिधिहरुले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनेछन् । हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको संचार र नेतृत्व क्षमताको लागि “दि कम्युनिकेटर अवार्ड” प्रदान गरिन्छ । २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij