२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

डिजी पेको फ्रान्चाइज योजना सार्वजनिक

डिजी पेको फ्रान्चाइज योजना सार्वजनिक

680
Shares

काठमाडौं – भुक्तानी सेवा प्रदायक कम्पनी डिजी पे प्रालिले डिजी पे फ्रान्चाइज योजना सार्वजनिक गरेको छ । आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानीसम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरू अझ प्रभावकारी बनाउन ’डिजी पे फ्रान्चाइज’ मार्फत ’स्थानीय बिजनेस पार्टनरसिप’ योजना अगाडि सारेको हो ।

सन् २०१७ मा स्थापित डिजी पे मौलिक व्यापारिक एप हो । डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक ई–कमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिङका साथै पहिलोपटक नगदमासमेत कारोबार गरी ग्राहक तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा चलिरहेका फ्रान्चाइजीहरूमध्ये यो पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नौलो फ्रान्चाइज प्लेटफर्म भएको कम्पनी दाबी गरेको छ । “करोडौंको लगानीमा निर्मित डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्णव्यापारिक योजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन् । कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने छ,” कम्पनीले भनेको छ ।

उच्च प्राविधिक दक्षता आवश्यक नपर्ने, पूर्णपरीक्षित तथा प्रमाणित एप, निर्धारित भौगोलिक क्षेत्रमा आधारित, थोरै लगानीमा पनि आबद्ध हुन सकिने, कम जोखिम तथा उच्च मुनाफा, चौबिसै घन्टा प्रभावकारी नेटवर्क तथा प्राविधिक सहयोग, निर्देशित तथा व्यावसायिक योजना, विशेष तथा भिन्न आम्दानीको स्रोत, छोटो अवधिमा लगानीको प्रतिफल, सामाजिक तथा व्यावसायिक सम्मान लगायत डिजी पे फ्रान्चाइजका विशेषता रहेको कम्पनीले जनाएको छ ।

हालसम्म एक लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा ३ सयभन्दा धेरै व्यवसायी आबद्ध भइसकेको जनाइएको छ । कम्पनीले पूर्व मिस नेपाल तथा सञ्चारकर्मी सुगारिका केसीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij