२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता

सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता

1.5K
Shares

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको छ ।

न्यूनतम एकहजार रुपैयाँ मै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij