२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

2.3K
Shares

काठमाडौं–  बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

मंगलबारको तुलनामा सेयर कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सेयर कारोबार रकम २ अर्ब भन्दा कम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij