२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट मिति तय

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट मिति तय

1.5K
Shares

काठमाडौं – ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ चैत २० गते आइतबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार विहान ८ बजे आफ्नै कार्यालय बानेश्वर ,काठमाडौंमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो । प्रि अलोटमेन्टको कार्यक्रम भने मंगलबारनै सम्पन्न गरेको जानकारी क्यापिटललका प्रमुख सञ्चालन अधिकृत अतिस श्रेष्ठले दिएका छन् ।

कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गर्नेछ । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

सार्वजनिक निष्कासनमार्फत विक्रीमा आएको शेयर खरिदका लागि २१ लाख ५७ हजार ६३१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट रू. २ अर्ब ५९ करोड ४० लाख ५६ हजार बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयर खरीदको आवदन परेको हो । जुन मागभन्दा ९ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीको आईपीओ भने योग्य आवेदनहरुमध्य भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले मात्र १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा शेयर बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा शेयर विक्री गरेको हो । यस अघि कम्पनीले स्थानियमा फागुन २ गतेदेखि २० गतेसम्म ३१ लाख २५ हजार कित्ता शेयर विक्री खुला गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर फागुन २९ गते बाँडफाँट गरेको हो । हाल कम्पनीको संस्थापकहरुबाट चुक्ताभएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ताभएको हो । सर्वसाधारणमा सामूहिकलगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij