काठमाडौं – विश्व वित्तीय सप्ताहको अवसरमा बैंक अफ काठमाण्डूले देशभर विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij