२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

2.7K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडले यही चैत्र १३ गतेबाट आफ्नो ५०औं एक्सटेन्सन काउन्टर दोलखाको चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट सुरु गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर केसीले संयुक्त रुपमा गरेका हुन् ।

नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाईमा बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij