२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

3.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) र मञ्जुश्री फाइनान्सको कूल ४४ लाख ४४ हजार ०६१ कित्ता बोनस सेयर सूूचीकृत भएको हो ।

जसमध्ये एनआरएनको ५ लाख ८२ हजार ४८२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । जुन चुक्ता पुँजीको ५ प्रतिशत हो । त्यस्तै, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत अर्थात ३८ लाख ६१ हजार ५७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उक्त सूचीकृत सेयर सम्बन्धित कम्पनीको सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij