२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संगीत प्रतियोगिता हुने, विजेताले ५० हजार पाउने

संगीत प्रतियोगिता हुने, विजेताले ५० हजार पाउने

3K
Shares

काठमाडौं– प्रसाईसन इन्टरटेनमेन्टको आयोजनामा क्षमता भएर पनि अवसरबाट बन्चित प्रतिभाहरुको लागि मध्य नजर राखेर संगीत प्रतियोगिताको आयोजना हुने भएको छ । प्रसाईसन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक एवम् गीतकार–गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द रचनामा ‘जीवनले रुझायो’ बोलको गीतमा संगीत प्रतियोगिताको आह्वान गरिएको छ ।
२०७९ बैशाख १५ गतेसम्मको समयमा संगीतकारले आफैँ गाएको भिडियो पठाउनुपर्ने छ । प्रथम हुने संगीतकारलाई ५००००÷ (पचास हजार) नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ भने उक्त गीत रेकर्डिङ गरि सार्वजनिक गरिनेछ ।
संगीत प्रतियोगिताको निर्णायक मण्डलमा विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्य रहेका छन् ।

गीत
म आफैँ रूझेँ कि जीवनले रुझायो
आँखाको आँसुले मुटु नै भिजायो

यो माया भन्नु नै रहेछ विचित्र
धेरै छन् गुनासा सम्बन्ध भित्र
चर्केर माया सिसाझैँ बिझायो
आँखाको आँसुले मुटु नै भिजायो

छ पिडा मनमा असह्य दुख्छ
दुख्छ धेरै दुख्छ खै किन दुख्छ
दुखेको मनले विरह सुनायो
आँखाको आँसुले मुटु नै भिजायो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij