२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक

गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक

2.3K
Shares

पोखरा– गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिकभएको छ ।
आदर्श म्युजिकको युट्युब च्यानलबाट सार्वजनिकभएको गीतमा रचना र सङ्गीतदुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमाभूपेन्द्र ढकाल र सरिता दानकुटीको मुख्यअभिनय रहेको छ ।
माओवादी जनयुद्धमा लागेकीमहिलासँगनायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोमा देखाउनखोजिएको छ । २० वर्षअघिको युद्धको पीडापछि पनिआफू नहराएको, बरु सहरको साँघुरो गल्लीको अग्लो घरको अँध्यारो कोठामा जीवनबिताइरहेको सूचनादिनकालागिगीतको सहारा लिइएको कथाम्युजिक भिडियोले प्रस्तुत गरेको छ ।
२०६६ मा‘दोष’एल्बम स्रोतामाझल्याएकागीतकार हरिहर खनियाले आफू स्वयम् पनिगीति क्षेत्रमै रहेको सूचनादिनकालागिपनि यो गीत सार्वजनिक गरेको जानकारी दिए । ‘म बिस्तारै बिस्तारै सिर्जना कर्ममै लागिरहेको छु’ खनियाले भने, ‘व्यावसायिकव्यस्तताका कारण नियमित पाठक÷स्रोतामाझआउननसके पनिसिर्जना भने गरिरहेकै छु ।’ दोष एल्बममा समेटिएका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘सबको पिरतीमा दरबार हुन्छ…’, ‘आज मेरो जन्मदिनहो…’, ‘म तड्पी तड्पीमर्दा…’लगायतउनकाअधिकांशगीत हिट भएकाथिए ।गीतकार प्रतिष्ठान, नेपालकाअध्यक्षसमेत रहेका खनियालमजुङमाजन्मेर विगत २ दशकदेखि पोखरामा रहेर साहित्य र सङ्गीतमाव्रिmयाशील छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij