२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्धारा कर्णालीको १२ विद्यालयलाई ९ लाख सहयोग

सिटिजन्स बैंकद्धारा कर्णालीको १२ विद्यालयलाई ९ लाख सहयोग

2K
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशका विद्यालय, वृद्दाश्रम तथा अस्पताललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल विभिन्न संस्थाहरुलाई ९ लाख रुपैयाँ सहयोग गरेको हो ।

यस अन्तर्गत बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिरलाई ५०-५० हजार सहयोग गरेको छ ।

यस्तै बैंकले जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालयलाई १ लाख, लालिगुँरास मा।वि, कोट मा।वि तथा हिमज्योती मा।विलाई ३३ हजार ३३३ सहयोग गरेको छ । यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको जनाएको छ ।

साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५० हजार हस्तानतरण गरेको छ । बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई ५०-५० हजार हस्तानतरण गरेको छ ।

बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij