काठमाडाैं – नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बीच साझेदारी भएको छ। महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न बैंकले टेवानसँग साझेदारी गरेको हो।
पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्न सहज हुने बताए। साथै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए। कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले महिला व्यवसायीको प्रवर्धनमा बैंकसँग हातेमालो गर्दै अघि बढ्ने बताइन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij