काठमाडाैं – सेञ्चुरी कमर्सियल बैंककाे पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीय वासिन्दाहरुले सेवा प्राप्त गरेको बैंकले जानकारी दिएको छ । बैंकले संचालन गरेको उक्त शिविरमा समाज डेण्टल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij