२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छायादेवी कम्प्लेक्सको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

छायादेवी कम्प्लेक्सको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

2.5K
Shares

काठमाडाैं –छायादेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्तिसम्बन्धी सम्झौतामा छायादेवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले हाल काठमाडौको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायादेवी कम्पलेक्सको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ । जसअन्र्तरगत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्यु एफ एक्स तथा अन्तर्राष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल दि एलोफ्ट सञ्चालन भइरहेको छ ।
कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij