चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु सवार चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन । अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।
#BREAKING: A Boeing 737 of China Eastern with 133 people onboard had an accident and caused mountain fire in Tengxian county, South China’s Guangxi Zhuang Autonomous Region; casualties are not clear yet: CCTV. https://t.co/LQ97EFvX2k pic.twitter.com/fv7ElVbwQC
— Global Times (@globaltimesnews) March 21, 2022
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij