२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बिओके डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

बिओके डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

2.4K
Shares

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। उक्त ऋण पत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत छ।

काठमाडौं, कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। यस बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३-०३-२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी ‘क’ वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ।

बैंकले हाल ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरूका मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआइबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बुधबार हस्ताक्षर गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij