२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको २५३ सदस्यीय समिति गठन

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको २५३ सदस्यीय समिति गठन

2.1K
Shares

बुटवल – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन् ।सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij