२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इन्जिनियरको निर्वाचनमा कांग्रेसनिकट सिडेनको प्यानल नै विजयी

इन्जिनियरको निर्वाचनमा कांग्रेसनिकट सिडेनको प्यानल नै विजयी

1.8K
Shares

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितका सबै उम्मेदवारले जितेका छन्।
एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसबाटै दुई प्यानल थियो।
नेपाली कांग्रेसका दुईसहित पाँच प्यानलबीच चुनाव हुँदा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवारले चुनाव जितेका छन्।
अध्यक्षमा ३७३२ मतसहित हरिबहादुर दर्लामी निर्वाचित भएका छन्। उनी गुल्मीका हुन्।
दर्लामीले नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा उठेका सुरज लामिछाने, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघबाट संयुक्त रूपमा उठेका हरिराम पराजुली, नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडालाई हराएका हुन्।
उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी, सहकोषाध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन्।
केन्द्र र सातै प्रदेशमा एकैपटक चुनाव भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij