काठमाडौं- नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट ननचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।
इन्टरनेट सेवाप्रदायकलाई पठाएको प्राधिकरणको पत्रमा भनिएको छ– सञ्चार मन्त्रालयले फागुन १ गते प्राधिकरणलाई पठाएको पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी,विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चूअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयले निर्णय अनुसार त्यस्ता कन्टेन्ट सञ्चालन गर्न नपाउने गरी निषेध तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij