२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नगरपालिका संघले गर्‍यो उत्कृष्ट सात नगरपालिकालाई पुरस्कृत

नगरपालिका संघले गर्‍यो उत्कृष्ट सात नगरपालिकालाई पुरस्कृत

2.8K
Shares

काठमाडौं– नेपाल नगरपालिका संघले २९ औं साधारण सभामा उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको छ। संघले आज काठमाडौंमा कार्यक्रम गरेर विभिन्न विधामा नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयर, उपमेयरलाई पुरस्कृत गरेका थिए। संस्थागत विकासतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन्। साथै सहरी योजना तथा विपद व्यवस्थापनतर्फ धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ भने वातावरण तथा उत्थानशीलतातर्फ इलामको इलाम नगरपालिका पुरस्कृत भएको छ।

स्थानीय आर्थिक विकासतर्फ हरिवन नगरपालिका, सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका पुरस्कृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij