२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

आज यी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

2.4K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार १०१.०७ अंकले बढेर दुई हजार ६ सय ६७ दशमलब ९७ विन्दुमा पुगेका छ । आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनीको पनि शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५.६० रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६९६.४० रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५४९.४० रुपैयाँ र मञ्जुश्री फाइनान्स कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ६६७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्यारेन्स कम्पनी, ज्योती लाइफ इन्स्यारेन्स कम्पनी र सानिमा लाइफ इन्स्यारेन्स कम्पनी रहेका छन् । एशियन लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८८५.५० रुपैयाँ पुगेको छ भने ज्योती लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६५१.५० रुपैयाँ पुगेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६६.५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij