२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेद्वारा राजीनामा

काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेद्वारा राजीनामा

675
Shares

काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् ।

कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।
बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij